BIZMANDU
www.bizmandu.com

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले गरे महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२०८२ चैत्र ९

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले गरे महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले गरे महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्।

Vigo
GBIME
Tata

ढकालले वस्तुगततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। एसोसिएसनको कार्यसमिति बैठकले ढकाललाई सर्वसम्मतरूपमा केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।

ढकालले अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्य अनुरुप स्टक बस ब्रोकर एसोसिएसनका तर्फबाट आफूले महासंघको केन्द्रीय कार्यकारी सदस्य पदका लागि मैदानमा उत्रिन लागेको बताए।

‘अहिले पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध छन्। पुँजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ,’ उनले भने, ‘यसलाई नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ। समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्यरूपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’

ढकाल करिब दुई वर्षदेखि पुँजी बजारमा आबद्ध छन्।

चैत २९ र ३० गते हुने महासंघको ६०औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।