BIZMANDU
www.bizmandu.com

लागत घटेपछि वाणिज्य बैंकहरुको आधार दर निरन्तर ओरालो, कहाँ पाइन्छ सस्तोमा ऋण?

२०८२ चैत्र ९

लागत घटेपछि वाणिज्य बैंकहरुको आधार दर निरन्तर ओरालो, कहाँ पाइन्छ सस्तोमा ऋण?
लागत घटेपछि वाणिज्य बैंकहरुको आधार दर निरन्तर ओरालो, कहाँ पाइन्छ सस्तोमा ऋण?

काठमाडौं। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गरेपछि आधार दर (बेस रेट) थप ओरालो लागेको छ।

Tata
GBIME
Nepal Life

कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा बेस रेट थप तल आएको हो।

पाँच वटा वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको छ। एभरेष्ट, नेपाल, नबिल, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको हो।

राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबैभन्दा कम ४.३० प्रतिशतमा आएको छ। त्यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंकको ४.४८, एभरेष्ट बैंकको ४.६५, नेपाल बैंकको ४.८७ र नबिल बैंकको ४.६५ प्रतिशतमा आएको छ।

एनआइसी एसिया बैंकको बेस रेट सबैभन्दा धेरै ६.३२ प्रतिशत छ। बैंकहरुले पछिल्लो तीन महिनाको औसत बेस रेटका आधारमा चैतमा कर्जाको ब्याजदर तय गर्दछन्।

बेस रेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।

बैंकहरुको आधार दरको अवस्था

वाणिज्य बैंकपछिल्लो तीन महिनाको औसत आधार दर
स्टान्डर्ड चार्टर्ड४.४८
राष्ट्रिय वाणिज्य४.३
एभरेष्ट४.६५
नेपाल४.८७
ग्लोबल आइएमई५.०१
कृषि विकास५.०६
नबिल४.७६
नेपाल इन्भेष्टमेन्ट५.०१
सानिमा५.२३
प्रभु५.२४
एनएमबि५.३१
माछापुच्छ्रे५.२५
सिद्धार्थ५.३८
नेपाल एसबिआइ५.५५
कुमारी५.४९
लक्ष्मी सनराइज५.३७
हिमालयन५.५५
सिटिजन्स५.४७
प्राइम कमर्सियल५.५७
एनआइसी एसिया६.३२
स्रोत : बैंकहरु