काठमाडौं। कामना सेवा विकास बैंकका ग्राहकले चितवनको भरतपुरस्थित अशोका रेिसोर्टमा छुट पाउने भएका छन्।
बैंकका ग्राहकले अशोका रिसोर्टमा अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंकले रिसोर्टसँग सम्झौता गरेको छ।
छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र रिसोर्टका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन्। ग्राहकसँगै कर्मचारीले पनि छुट सुविधा पाउने बैंकले जनाएको छ।