BIZMANDU
www.bizmandu.com

दुई वाणिज्य बैंकसहित ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता थपियो?

२०८२ चैत्र ८

दुई वाणिज्य बैंकसहित ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता थपियो?
दुई वाणिज्य बैंकसहित ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता थपियो?


काठमाडौं। दुई वटा वाणिज्य बैंकसहित ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीहरूले गत वर्षको मुनाफाबाट वितरण गरेको बोनस सेयर आइतबार नेप्सेले सूचीकृत गरेको हो।

Vigo
GBIME
Tata

सिद्धार्थ बैंकको ७० लाख ४४ हजार ९९० कित्ता सेयर सूचीकृत भएको छ। बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

नेपाल एसबिआई बैंकको ४३ लाख ५९ हजार ६६३ कित्ता सेयर नेप्सेमा थपिएको छ। बैंकले सेयरधनीलाई पोहोरको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, माउन्टेन इनर्जी नेपालको ५२ लाख ५ हजार ४३१ कित्ता बोनस सेयर थपिएको छ। कम्पनीले सेयरधनीलाई गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिएको थियो।

कालिञ्चोक दर्शनको ३ लाख कित्ता बोनस सेयर थपिएको छ। कालिञ्चोक दर्शनले गत वर्षको मुनाफबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिएको थियो।

साना किसान विकास लघुवित्तको ६१ लाख ४५ हजार ४८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। लघुवित्तले सेयरधनीलाई गत वर्षको मुनाफबाट १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो।

यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको २१ लाख ८९ हजार ९५ कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले पोहोरको मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सूचीकृत सबै कम्पनीको बोनस सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।