BIZMANDU
www.bizmandu.com

नेप्से परिसूचक ५४.५१ अंक बढ्दा पोजेटिभ सर्किट लाग्ने ७ कम्पनी कस्ता?

२०८२ चैत्र ८

नेप्से परिसूचक ५४.५१ अंक बढ्दा पोजेटिभ सर्किट लाग्ने ७ कम्पनी कस्ता?
नेप्से परिसूचक ५४.५१ अंक बढ्दा पोजेटिभ सर्किट लाग्ने ७ कम्पनी कस्ता?


काठमाडौं। सेयर बजार परिसूचक आइतबार ५४.५१ अंक बढ्दा ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। नेप्से परिसूचक र कारोबार रकम ८ महिनायताकै धेरै हुँदा ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

Vigo
GBIME
Tata

बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ।

पोजेटिभ सर्किट लाग्ने कम्पनीको सूचीमा रहेका कर्पोरेट डेभलपमेन्ट बैंक र अभियान लघुवित्त बाहेकका कम्पनी नयाँ हुन्।

सालपाको सेयर मूल्य दोस्रो बजारमा सूचीकृत भएदेखि निरन्तर पोजेटिभ सर्किट लागेर प्रति कित्ता १५२७ रुपैयाँ पुगेको छ। कम्पनीको दोस्रो बजारमा कारोबारमा आउने सेयर कित्ता थौरै भएकाले उच्च मागका कारण भाउ निरन्तर उचालिएको हो।

यस्तै, बुक बिल्डिङ विधिमार्फत आइपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागिरहेको छ। कम्पनीको आइपीओ दोस्रो बजारमा केही लगानीकर्ताको हातमा छ। आइपीओ परेकाहरुबाहेक केहीले मात्रै यसको सेयर होल्ड गर्न पाएका छन्। जसका कारण बजारमा उच्च माग हुँदा सप्लाइ कम भएर पोजेटिभ सर्किट लागिरहेको छ।

सोलु हाइड्रोपावरको आइपीओ दोस्रो बजारमा कारोबार सुरु भएको धेरै भएको छैन। ३०० रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको भाउ अहिले ४८३ रुपैयाँ पुगेको छ। हाइड्रोपावर क्षेत्रको ठूलो कम्पनी भए पनि सोलुको साधारण सेयर संख्या थोरै छ।

होटल फरेस्ट इनको सेयर मूल्य पनि बजारमा कारोबार सुरु भएदेखि निरन्तर बढिरहेको छ। कम्पनीले वित्तीय स्थिति नाजुक हुँदाहुँदै नेपाल धितोपत्र बोर्डबाट आइपीओ अनुमति पाएको थियो।

यस्तै, आइतबारदेखि सेयर किनबेच सुरु भएको भुजुङ हाइड्रोपारको मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ।

लगानीकर्तालाई अहिलेसम्म कुनै प्रतिफल वितरण नगरेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पोजेटिभ सर्किट लागेर प्रति कित्ता २१५६ रुपैयाँ पुगेको छ।

अभियान लघुवित्तले पनि सेयरधनीलाई अहिलेसम्म कुनै लाभांश वितरण गर्न सकेको छैन। तर, पछिल्लो बुलिस बजारमा यो कम्पनीको सेयर भाउ उचालिने क्रम रोकिएको छैन। कम्पनीको सेयर मूल्य अहिले प्रति कित्ता १२०७ रुपैयाँ पुगेको छ।