BIZMANDU
www.bizmandu.com

राखेपले रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाद्वारा हङकङसँगको पूर्वनिर्धारित खेल नै स्थगित

२०८२ चैत्र ८

राखेपले रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाद्वारा हङकङसँगको पूर्वनिर्धारित खेल नै स्थगित
राखेपले रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाद्वारा हङकङसँगको पूर्वनिर्धारित खेल नै स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँगको पूर्वनिर्धारित मैत्रीपूर्ण खेल स्थगित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाले हङकङसँगको खेल स्थगित भएको जनाएको हो।

Tata
GBIME
Nepal Life

‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो,’ एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्तिमा भनेका छन्, ‘तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउँदछौं।’

नेपाल र हङकङबीचको खेल आगामी बिहीबार चैत १२ गते त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तालिका थियो।

दशरथ रंगशाला राखेपको स्वामित्वमा रहेको मैदान हो। यो मैदानलाई लिएर पटक-पटक एन्फा र राखेपबीच टकराव हुँदै आएको छ। पछिल्लो समय एन्फाले खेलकुद ऐन भन्दा बाहिर गएर प्रदेश र जिल्लाको निर्वाचन नगरी गर्ने तयारी गरेपछि नेपाली खेलकुदको नियामक राखेपले पटकपटक पत्र पठाउँदै निर्वचन रोक्न निर्देशन दिएको छ।

एन्फा भने निर्वाचन गराएरै छाड्ने हठमा छ। यसैबीच हङकङसँगको खेलका लागि राखेपले मैदान उपलब्ध नगराएको आरोप एन्फाले लगाएको हो।