BIZMANDU
www.bizmandu.com

नबिल स्वच्छ खानेपानी अभियान : १२३ सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित

२०८२ चैत्र ८

नबिल स्वच्छ खानेपानी अभियान : १२३ सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित
नबिल स्वच्छ खानेपानी अभियान : १२३ सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित

काठमाडौं। नबिल बैंकले देशका विभिन्न १२३ सामुदायिक विद्यालयमा खानेपानीको व्यवस्था गरिदिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयहरुमा खानेपानीको व्यवस्था गरिदिएको हो।

Tata
GBIME
Nepal Life

बैंकका अध्यक्ष निर्वाण चौधरीले विश्व पानी दिवसको अवसर पारेर आइतबार १२३ वटा विद्यालयमा डिजिटल माध्यमबाट ‘नबिल स्वच्छ खानेपानी अभियान’ शुभारम्भ गरेका छन्। एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध खानेपानी प्रदान गरेको बैंकले बताएको छ।

‘यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ। आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन र विस्तार गरिनेछ,’ अध्यक्ष चौधरीलाई उद्यृत गर्दै बैंकले आइतबार प्रेस विज्ञप्तिमा भनेको छ।

बैंकले यो अभियान मुलुकका सातवटै प्रदेशमा सञ्चालन गरेको छ। कोशी प्रदेशका आठ, मधेशका १६, बागमतीका नौ, गण्डकीका १०, लुम्बिनीका ३६, कर्णालीका १५ र सुदूरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। बैंकका अनुसार यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग छ।