BIZMANDU
www.bizmandu.com

सेयर बजारमा एक घण्टामा पौने ७ अर्बको कारोबार, नेप्से दोहोरो अंकले उकालो

२०८२ चैत्र ८

सेयर बजारमा एक घण्टामा पौने ७ अर्बको कारोबार, नेप्से दोहोरो अंकले उकालो
सेयर बजारमा एक घण्टामा पौने ७ अर्बको कारोबार, नेप्से दोहोरो अंकले उकालो

काठमाडौं। सेयर बजारमा एक घण्टामा पौने ७ अर्ब रुपैयाँको कारोबार भएको छ। आइतबार कारोबार खुलेको ६० मिनेटमा बजारमा ६ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको हो।

Tata
GBIME

नेप्से परिसूचक बजार खुलेको २३ मिनेटमा २९१३ विन्दुमा पुगेको थियो। बजारले लिएको यो उचाई ८ महिनायताकै धेरै हो। नेप्से सूचक यसअघि साउन दोस्रो साता २९४४ अंकमा थियो।

फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएर बहुमतको नयाँ सरकार बन्ने भएपछि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ।

निर्वाचनमा दुई तिहाइ नजिक सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले यही साता वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाउँदैछ।