BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा पहिरो, तोलामा १२ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि लाग्यो ओरालो

२०८२ चैत्र ८

सुनको मूल्यमा पहिरो, तोलामा १२ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि लाग्यो ओरालो
सुनको मूल्यमा पहिरो, तोलामा १२ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि लाग्यो ओरालो


काठमाडौं। अन्तराष्ट्रिय बजारमा डलरको भाउ बलियो हुँदा सुनचाँदीको भाउ घट्न थालेको छ। गत शुक्रबारका तुलनामा आइतबार सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रति तोला २ लाख ८२ हजार रुपैयाँमा आइपुगेको छ। यसअघि गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा घटेर कारोबार मूल्य कायम भएको थियो। बिहीबारका तुलनामा ७ हजार ८ सय रुपैयाँले घट्दा शुक्रबार प्रति तोला २ लाख ९४ हजार ५ सय रुपैयाँ भएको थियो।

गत बुधबारका तुलनामा २ हजार ३ सय रुपैयाँले घटेर बिहीबार प्रति तोला २ हजार ३ सय रुपैयाँ भएको थियो। चार दिनमा सुनको मूल्य तोलामा २५ हजार ७०० रुपैयाँ घटेको छ।

त्यस्तै, चाँदी तोलामा ३५५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ५ सय ४० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलाको ४ हजार ८ सय ९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति ‍औंस  ४४९४.१ डलर र चाँदी प्रति औंस ६८.०२ डलरमा आइपुगेको छ। गत शुक्रबार सुन प्रति औंस ४७२२.८८ डलर र चाँदी ७३.८४ डलरले कारोबार भएको थियो।