BIZMANDU
www.bizmandu.com

याम्बालिङ हाइड्रोपावरको आइपीओ निष्कासन, पहिलो चरणमा ९ लाख १० हजार कित्ता

२०८२ चैत्र ८

याम्बालिङ हाइड्रोपावरको आइपीओ निष्कासन, पहिलो चरणमा ९ लाख १० हजार कित्ता
याम्बालिङ हाइड्रोपावरको आइपीओ निष्कासन, पहिलो चरणमा ९ लाख १० हजार कित्ता


काठमाडौं। याम्बालिङ हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आइतबारदेखि स्थानीय र वैदेशिक रोजगारलाई सेयर बिक्री खुलाएको हो।

Vigo
GBIME
Tata

हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ७ करोड रुपैयाँको ७ लाख कित्ता सेयर छुट्याएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१, २, ३, ४, ५, ६ र ७ का स्थानीयले आइपीओमा आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा आवेदन अवधि चैत २२ र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ। स्थानीयले न्यूनतम १० देखि अधिकतम् ७ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि २ लाख १० हजार कित्ता सेयर छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले १० देखि २१ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। उनीहरुका लागि आवेदन अवधि चैत ८ गतेदेखि १२ गतेसम्म खुला रहनेछ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ।

याम्बालिङ हाइड्रोपावरले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ छ। आयोजनाको प्रति मेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ। आर्थिक वर्ष २०८२/८३ सम्म कम्पनीको प्रति सेयर आम्दानी ६.०८ र प्रति सेयर नेटवर्थ १०६.०८ रुपैयाँ छ। यस्तै, यो वर्ष ६ महिनामा २ करोड सञ्चित नाफामा रहेको विवरण पत्र कम्पनीले निकालेको छ।