BIZMANDU
www.bizmandu.com

रमजान समापनसँगै काठमाडौंको जामे मस्जिदमा इद-उल-फित्रको उल्लास (फोटो फीचर)

२०८२ चैत्र ७

रमजान समापनसँगै काठमाडौंको जामे मस्जिदमा इद-उल-फित्रको उल्लास (फोटो फीचर)
रमजान समापनसँगै काठमाडौंको जामे मस्जिदमा इद-उल-फित्रको उल्लास (फोटो फीचर)

काठमाडौंको रानीपोखरीस्थित जामे मस्जिदमा शनिबार इद–उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बीहरू। रमजान महिनाभरको रोजा (उपवास) पूरा गरेपछि मनाइने यस पर्वमा बिहानैदेखि मस्जिद परिसरमा नमाज पढ्न भक्तजनहरूको भीड लागेको छ।

Vigo
GBIME
Tata

सफा र चिरपरिचित सेतो पहिरनमा सजिएका धर्मावलम्बीहरूले एकसाथ सामूहिक नमाज अदा गर्दै आपसी सद्भाव, शान्ति र भाइचाराको कामना गरेका छन्।

नमाजीहरुले नमाजपछि एक-अर्कालाई इदको शुभकामना आदानप्रदान गरेका थिए। देशभरका मस्जिदहरुमा शनिबारको दृश्य यस्तै रह्यो।