BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य लगातार ओरालो लाग्दै, सुन तोलामा ७८०० र चाँदी ११५ रुपैयाँ सस्तियो

२०८२ चैत्र ६

सुनचाँदीको मूल्य लगातार ओरालो लाग्दै, सुन तोलामा ७८०० र चाँदी ११५ रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्य लगातार ओरालो लाग्दै, सुन तोलामा ७८०० र चाँदी ११५ रुपैयाँ सस्तियो

काठमाडौं। सुनचाँदीको मूल्य लगातार ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन तोलामा ५ हजार ४ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख २ हजार ३ सय रुपैयाँमा करोबार भएको थियो।

बुधबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको थियो। त्यसअघि ४ सय रुपैयाँ बढेर मंगलबार तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार सुन तोलामा १०० सय रुपैयाँ बढेर प्रति तोला ३ लाख ९ हजार ४ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेर प्रति तोला ४ हजार ८ सय ९५ रुपैयाँमा आइपुगेको छ। चाँदी बिहीबारको भन्दा तोलामा ११५ रुपैयाँले घटेको हो।

बिहीबार चाँदीको मूल्य तोलामा १४० रुपैयाँले घटेर प्रति तोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदी तोलामा ७० रुपैयाँ बढेर प्रति तोला ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको थियो। साताको प्रारम्भमा चाँदी तोलाको ५ हजार २ सय ७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४७२२.८८ डलर र चाँदी प्रति औंस ७३.८४ डलरमा आइपुगेको छ। बिहीबार सुन प्रति औंस ४८५२.८२ डलर र चाँदी ७५.८१ डलरमा कारोबार भएको थियो।