BIZMANDU
www.bizmandu.com

सस्तोमा विदेश घुमाउने लोभ देखाएर ३२८ जनालाई ठगी, २.७२ करोड उठाउने ७ जना पक्राउ

२०८२ चैत्र ५

सस्तोमा विदेश घुमाउने लोभ देखाएर ३२८ जनालाई ठगी, २.७२ करोड उठाउने ७ जना पक्राउ
सस्तोमा विदेश घुमाउने लोभ देखाएर ३२८ जनालाई ठगी, २.७२ करोड उठाउने ७ जना पक्राउ


काठमाडौं। श्रीटेल होलिडे नामको ट्राभल एजेन्सीले चिठ्ठा परेको भन्दै सस्तोमा विदेश घुमाउने प्याकेजका नाममा २ करोड ७२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

Tata
GBIME

विभिन्न देशमा सस्तो पैसामा भ्रमण गराउने भन्दै ३२८ जनाबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको देखिएको हो।

यो घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको गठ्ठाघर बस्ने २६ वर्षीय विवेक रेग्मीसहित ७ जनालाई पक्राउ गरेको छ। जसमा ६ जना भारतीय नागरिक छन्।

विवेकले गत असोजमा ट्राभल एजेन्सी खोलेका थिए। कम्पनीमा उनले ३० कर्मचारी राखेका थिए। उनले कर्मचारीलाई कम्पनीको मुख्य कार्यालय भारतको हैदराबादमा रहेको बताएका थिए।

उनले चिठ्ठामा सहभागी गराउन भाटभटेनी, लबिम मल, सिभिल मल लगायत विभिन्न स्थानमा स्टल राखी मानिसहरुलाई फारम भराएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

फारम भरेका सबैलाई चिठ्ठा पर्‍यो भन्दै फोन गरेर कार्यालयमा बोलाइ विदेश घुम्ने प्याकेजबापतको रकम खातामा जम्मा गर्न लगाइएको थियो।

प्याकेज बुक गरी रकम तिरिसकेका व्यक्तिले विदेश भ्रमण नगराइएपछि तथा पैसा फिर्ता माग्दा विभिन्न बहानाबाजी गरेपछि प्रहरीमा उजुरी गरेका थिए।