BIZMANDU
www.bizmandu.com

राजेश हमाल राखेर फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित चारविरुद्ध मुद्दा

२०८२ चैत्र ५

राजेश हमाल राखेर फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित चारविरुद्ध मुद्दा
राजेश हमाल राखेर फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित चारविरुद्ध मुद्दा


काठमाडौं। कलाकार राजेश हमाल राखेर चलचित्र निर्माणको लागि बजेट छुट्याएर भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको हो।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, लेखापाल विमल साउद, प्रशासकीय अधिकृत लक्ष्मण साह र आरजे २४ मिडियाका अध्यक्ष रामबहादुर लम्सालविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारको अनुसन्धानमा ५८ प्रतिशत पेस्की दिन लगाएको र जमानत नलिइ दिन नहुनेमा बैंक जमानतविना नै दिएको देखिएको आयोगको दाबी छ। ‘अन्धपथ’ चलचित्र निर्माणको लागि ढकारी गाउँपालिका र आर जे ट्वान्टी फोर न्युजबीच सम्झौता भएको मिसिल संलग्न कागजातबाट देखिएको तर भुक्तानी नव इन्द्रेणी फाउण्डेशनलाई पेस्की रकम भुक्तानी गरेको देखिएको हो।

चलचित्र निर्माणका लागि खरको घर तथा अन्य विविध खर्च भनी पेस गरेको बिलहरू हेर्दा सत्यता पुष्टि हुने आधार नै नदेखिएको आयोगले जनाएको छ।