BIZMANDU
www.bizmandu.com

फूल तथा बोटबिरुवाका सौखिनहरूका लागि भृकुटीमण्डपमा पुष्प मेला सुरु

२०८२ चैत्र ५

फूल तथा बोटबिरुवाका सौखिनहरूका लागि भृकुटीमण्डपमा पुष्प मेला सुरु
फूल तथा बोटबिरुवाका सौखिनहरूका लागि भृकुटीमण्डपमा पुष्प मेला सुरु

काठमाडौं। उपत्यकाका फूल र विभिन्न प्रकारका बिरुवाका सौखिनहरूका लागि भृकुटीमण्डपमा बर्सेनि आयोजना हुँदै आएको पुष्प मेला यसपटक बिहीबार सुरु भएको छ। २७औं फ्लोरा एक्स्पो २०८२ चार दिन संचालन हुने आयोजक नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको हो।

Tata
GBIME
Nepal Life

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित एक्स्पोमा ६० हजार जनाले अवलोकन गर्ने र करिब एक करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान एसोसिएसनको छ।

एक्स्पोका अघिल्ला संस्करणहरूमा राम्रो व्यापार भएको हिसाब हेर्दै संघले यसपटक कारोबार वृद्धि हुने अनुमान गरेको हो। पुष्प मेलामा नर्सरी, फूल उत्पादक, व्यवसायी र सम्बद्ध कम्पनी एवम् विभिन्न संघसंस्थाहरू सहभागी छन्।

मेलामा मौसमी फूल, फुल्ने र फूल नफुल्ने बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीन हाउस, कृषि औजार लगायतको प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ।