BIZMANDU
www.bizmandu.com

युनाइटेड अजोड इन्स्योरेन्सलाई चुक्ता पुँजी बढाउन हकप्रद सेयरको सहारा, चैत २६ देखि निष्कासन गर्ने

२०८२ चैत्र ५

युनाइटेड अजोड इन्स्योरेन्सलाई चुक्ता पुँजी बढाउन हकप्रद सेयरको सहारा, चैत २६ देखि निष्कासन गर्ने
युनाइटेड अजोड इन्स्योरेन्सलाई चुक्ता पुँजी बढाउन हकप्रद सेयरको सहारा, चैत २६ देखि निष्कासन गर्ने

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले चुक्ता पुँजी बढाउन चैत २६ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले चुक्ता पुँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Vigo
GBIME
Tata

कम्पनीको चुक्ता पुँजी अहिले २ अर्ब ३१ करोड रुपैयाँ छ। इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरमा २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो।

इन्स्योरेन्सका सेयरधनीले २०८३ वैशाख १६ गतेसम्म हकप्रदमा आवेदन दिन पाउनेछन्। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको ‍चुक्ता पुँजी साढे दुई गुणा बढाएकामा युनाइटेड अजोडले अहिलेसम्म कायम गर्न सकेको छैन।

इन्स्योरेन्सले २.५० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो।