काठमाडौं । आज राजधानीको टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। जात्रामा नेपाली सेनाले घोडचढीका कौशलहरु प्रदर्शन गर्दै आएको छ।
परापूर्वकालमा सहरका बालबालिकालाई गुरुपमा भन्ने राक्षसले दु:ख दिने गरेको र सो राक्षसले अनिष्ट नगरोस् भनेर घोडेजात्रा मनाउने प्रचलन रहँदै आएको छ। घोडाको टापले थिचेपछि राक्षस उठ्न नसकेको विश्वासका साथ टुँडिखेलमा घोडेजात्रा मनाउने प्रचलन छ। आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दने चलन रहिआएको छ।

काठमाडौँको टुँडिखेलमा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाउने गरिन्छ।










