BIZMANDU
www.bizmandu.com

नेप्सेमा तीन कम्पनीको ५९ लाख कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

२०८२ चैत्र ४

नेप्सेमा तीन कम्पनीको ५९ लाख कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?
नेप्सेमा तीन कम्पनीको ५९ लाख कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ३ कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेले मंगलबार विजय लघुवित्तको एफपीओ र अरु दुई कम्पनीको बोनस सेयर सूचीकृत गरेको हो।

Vigo
GBIME
Tata

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरको बोनस सेयर नेप्सेमा थपिएको छ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ३६ लाख ८३ हजार ९७२ कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै ङादी ग्रुप पावरको १७ लाख ५८ हजार ७१५ कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ४.७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

विजय लघुवित्तको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ।