BIZMANDU
www.bizmandu.com

३० लाख लागतमा नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुँदै, बंगलादेश र भुटानबाट टोली आउने

२०८२ चैत्र ३

३० लाख लागतमा नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुँदै, बंगलादेश र भुटानबाट टोली आउने
३० लाख लागतमा नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुँदै, बंगलादेश र भुटानबाट टोली आउने

काठमाडौं। आठौं संस्करणको नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत ५ गतेबाट ९ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता खुसीबु, नयाबजारस्थित बहुद्धेश्यिय मार्सल आर्टस सेन्टरमा हुने आयोजकले जनाएको छ।

Tata
GBIME
Nepal Life

प्रतियोगितामा सहभागिता जनाउन भुटान र बंगलादेशबाट टोली आउँदैछन्। यसअघि खाडी क्षेत्रबाट पनि सहभागिता हुने भनिए पनि पछिल्लो घटनाक्रमका कारण सहभागिता हुन नसकेको नेकोस राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले बताए।

प्रतियोगिताको लागत ३० लाख रुपैयाँ रहेको श्रेष्ठले बताए। यसमा मुख्य प्रायोजक बनेको बी एण्ड टी ट्रेडिङले २० लाखको प्रायोजन गर्ने सम्झौता भएको छ। बाँकी रकम पनि प्रायोजक खोजेर उठाइने आयोजकले जनाएको छ। प्रतियोगितामा १८ वर्षमुनी क्याडेड पुरुषतर्फ ११ र महिलातर्फ १० तौल र १८-२१ वर्षका जुनिय पुरुष र महिलातर्फ समान ७ गरी जम्मा ३५ समूह रहेको छ।