BIZMANDU
www.bizmandu.com

रास्वपाको सांसद अभिमुखिकरण कार्यक्रम सुरु, रवि र बालेन आज सहभागी नहुने (तस्विरहरु)

२०८२ चैत्र ३

रास्वपाको सांसद अभिमुखिकरण कार्यक्रम सुरु, रवि र बालेन आज सहभागी नहुने (तस्विरहरु)
रास्वपाको सांसद अभिमुखिकरण कार्यक्रम सुरु, रवि र बालेन आज सहभागी नहुने (तस्विरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।

Vigo
GBIME
Tata

अभिमुखिकरण कार्यक्रम आज र भोलि ग्वार्कोस्थित रोयल टुलिप होटलमा हुँदैछ। आवासीय कार्यक्रममा सहभागी हुन नवनिर्वाचित सांसदहरु होटल पुगिरहेका छन्।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री प्रस्तावित वरिष्ठ नेता बालेन्द्र शाह आज पुगेका छैनन्। दुबै जनालाई कार्यक्रममा ल्याउने प्रयास भइरहेको उपसभापति डोलप्रसाद अर्यालले बताए। ‘सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह स्वास्थ्यका कारण र कार्यव्यस्तताका कारण उद्घाटनसत्रमा आउनसक्नुभएन। सम्भव भएसम्म भोलि कार्यक्रम समापनअघि उपस्थित गराउने कोशिश गराउने छौ,’ उपसभापति अर्यालले भने।

कार्यक्रमको सुरुवात पार्टीका उपसभापतिद्वय स्वर्णिम वाग्ले र अर्यालले गरेका छन्।