BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ८ महिनामा १० खर्ब २८ अर्बको कारोबार, कुन क्षेत्रको कति भयो किनबेच?

२०८२ चैत्र ३

सेयर बजारमा ८ महिनामा १० खर्ब २८ अर्बको कारोबार, कुन क्षेत्रको कति भयो किनबेच?
सेयर बजारमा ८ महिनामा १० खर्ब २८ अर्बको कारोबार, कुन क्षेत्रको कति भयो किनबेच?


काठमाडौं। चालु आर्थिक वर्ष सेयर कारोबारमा गिरावट आएको छ। यो आर्थिक वर्ष ८ महिनामा १० खर्ब २८ अर्ब ४७ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Tata
GBIME

पोहोर फागुनसम्मको तुलनामा यो २९.८३ प्रतिशत कम हो। गत आर्थिक वर्ष साउनदेखि फागुनसम्म ११४ खर्ब ६५ अर्ब ६६ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

उत्पादन तथा प्रशोधन क्षेत्र बाहेकका उपसमूहको सेयर कारोबार घटेको छ।

हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ४ खर्ब ४३ अर्ब ६९ करोड रुपैयाँको किनबेच भएको छ। यो रकम पोहोर फागुनसम्मको तुलनामा १०.०८ प्रतिशत कम हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण राजनीतिक अनिश्चितताले लगानीकर्ताले कन्फिडेन्स गुमाउँदा सुस्ताएको सेयर बजार माघ लागेपछि उकालो लागेको छ।

फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि उत्साहित देखिएको सेयर बजारमा अहिले सामान्य उतारचढाव देखिएको छ। निर्वाचनपछि बजारमा दैनिक कारोबार रकम पनि बढेको छ।

दुई आर्थिक वर्ष फागुनसम्म सेयर कारोबार (१० लाखमा)

सूचक२०८१२०८२फरक %
हाइड्रोपावर४९७४२६.७८४४३६९१.६५-१०.८
फाइनान्स१५३४४८.६२३६८७६.७४-७५.९७
वाणिज्य बैंक१४३४३६.६६७८५५८.६५-४५.२३
विकास बैंक११७४४१.१५७०७१९.३३-३९.७८
माइक्रोफाइनान्स१०३४४३.७७६८६६२.४७-३३.६२
इन्भेष्टमेन्ट१०३२३४.९५५३५३९.१३-४८.१४
अन्य८७८६०.६७७८२००.४१-१०.९९
जीवन बीमा ८२०१२.९४०८०८.५४-५०.२४
निर्जीवन बीमा ६००३१.६३२०४७८.४८-६५.८९
उत्पादन तथा प्रशोधन५९१९६.६३८८७९३.८५०
होटल र पर्यटन२७९३४.७३२३८०९.६७-१४.७७
ट्रेडिङ४९५९.११९८४.७४-५९.९८
कुल कारोबार१४६५६६५.७२१०२८४७३.३९-२९.८३
स्रोत: नेप्से