BIZMANDU
www.bizmandu.com

किटोन भ्यान र १६ सिट क्षमताको चेरी वान्डा बसको नेपाली बजार मूल्य सार्वजनिक   

२०८२ चैत्र ३

किटोन भ्यान र १६ सिट क्षमताको चेरी वान्डा बसको नेपाली बजार मूल्य सार्वजनिक   
किटोन भ्यान र १६ सिट क्षमताको चेरी वान्डा बसको नेपाली बजार मूल्य सार्वजनिक   

काठमाडौं। शशिला मोटर्स र ओम्नी मोबिलिटीले नेपाली बजारमा बिक्री गर्ने चिनियाँ ब्रान्ड किटोन भ्यान र चेरी वान्डा बसको मूल्य तोकिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले मंगलबार सूचना जारी गर्दै किटोन ब्रान्डको भ्यान र चेरी वान्डा बसहरुको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार किटोन १४ सिट क्षमताको इभी भ्यानको मूल्य ५३ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यसमा ५३.५८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ।

यस्तै चेरी वान्डा १६ सिट क्षमताको बसको मूल्य ब्याट्री प्याक अनुसार ५९ लाख ९१ हजार र ६९ लाख ९१ हजार रुपैयाँ तोकिएको छ। यसमा ५३.५८ र ७७.२८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ।

यसैगरी अन्य १९ सिटर बसको मूल्य ब्याट्री प्याक अनुसार ७५ लाख १ हजार र ७९ लाख रुपैयाँ तोकिएको छ। यसमा ७७.२८ र १००.९६ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ।

अर्को सबैभन्दा ठुलो ३३ सिट र ३६ सिट क्षमताका इभि बसहरु पनि नेपाल आउन लागेको छ। यसको मूल्य क्रमश: ३३ सिट क्षमताको १ करोड २५ लाख र ३६ सिट क्षमताको १ करोड ७० लाख रुपैयाँ तोकेको छ।

यी बसहरुमा १४४.९७ र २०८.६५ किलोवाट आवर(युनिट) क्षमताको रहेका छन्।

नेपालमा यसरी ठुला बसहरु पनि इभीमा ल्याउने हो भने सार्वजनिक यातायातमा पनि केही सुधार आउने अपेक्षा गरिएको छ।