BIZMANDU
www.bizmandu.com

शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट, २४ लाख ६६ हजार जनाको हात खाली

२०८२ चैत्र ३

शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट,  २४ लाख ६६ हजार जनाको हात खाली
शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट, २४ लाख ६६ हजार जनाको हात खाली

काठमाडौं। शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार सेयर बाँडफाँट गरेको हो।

Vigo
GBIME
Tata

शिखर पावरको सेयर १ लाख ८४ हजार २६० आवेदकले १० कित्ता दरले सेयर पाएका छन्। कम्पनीले १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर निष्कासन गरेकामा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएका थिए।

मागभन्दा १५ गुणा बढी आवेदन परेकाले अधिकांशको हात रित्तो भएको छ। २४ लाख ६६ हजार ५८७ जनाको हात खाली भएको छ। लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्छन्।