BIZMANDU
www.bizmandu.com

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति थपियो?

२०८२ चैत्र २

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति थपियो?
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति थपियो?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलमेन्ट, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो।

Vigo
GBIME
Tata

एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ लाख ३७ हजार ४८९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर वितरण गरेको छ।

यस्तै, साइन रेसुङ्गा डेभलपमेन्टको १४ लाख ६२ हजार ७१० कित्ता बोनस सेयर सूचीकृत भएको हो। यो बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर वितरण गरेको छ।

युनाइटेड हाइड्रोपावरको २ लाख ३० हजार ४१२ कित्ता सेयर थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सूचीकृत भएको बोनस सेयर मंगलबारदेखि कारोबारमा आउनेछ।