काठमाडौं। पुराना पार्टीलाई बढारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगभग दुई तिहाइ बहुमतको सरकार बनाउँदैछ। सरकारको नेतृत्व ३६ वर्षीय युवा बालेन्द्र शाह (बालेन)ले गर्दैछन्। भ्रष्टाचारविरुद्ध र सुशासनका निम्ति जेनजीले गरेको आन्दोलनको बलमा उदाएका बालेनले सरकारको नेतृत्व गर्दै गर्दा केही अनुकूलता र केही प्रतिकूलता छन्।
सरकारको सार्वजनिक वित्तबाहेक बाह्य सूचकांकहरु अनुकूल छन्। मौद्रिक क्षेत्रतर्फ ब्याजदर न्यून छ। उच्च तरलता छ। तर, विकास निर्माणको गति एकदमै सुस्त छ। सरकारले अगाडि बढाएका कुनै पनि परियोजना समयमा बन्दैनन्। २०-२० वर्ष अगाडि थालिएका परियोजनासमेत बनिसकेका छैनन्। सरकारले दिने सार्वजनिक सेवा एकदमै सुस्त छ। सर्वसाधारणसँग ठोक्किने सबै निकायमा पैसा नखुवाइ काम हुँदैन।
बालेनले सत्तारोहण गर्दैगर्दा अन्तर्राष्ट्रिय राजनीति असहज बन्दै गएको छ। अमेरिका र इजराइल मिलेर इरानमा आक्रमण गरिरहेका छन्। इन्धन उत्पादक देश इरानले पनि आसपासका खाडी राष्ट्रहरुमा आक्रमण गरिरहेको छ। यसबाट इन्धन आपूर्तिमा समस्या उत्पन्न भइसकेको छ भने अन्य व्यापार पनि प्रभावित हुन थालेको छ। कूल रेमिटेन्सको ४० प्रतिशत हिस्सा ओगट्ने खाडी राष्ट्रहरु अस्थिर हुँदा नेपाली कामदार फर्काइने त्रास पनि बढेर गएको छ।
अर्थतन्त्रका बाह्य, आन्तरिकलगायत आगामी सरकारले थाल्नु पर्ने सुधारका बारेमा बिजमाण्डूका सुदर्शन सापकोटाले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थशास्त्री डा. गुणाकर भट्टलाई सोधे लगभग दुई तिहाइ ल्याएर नयाँ पार्टीले सरकार बनाउँदैछ। आर्थिक कोणबाट कसरी विश्लेषण गर्नु हुन्छ?
हेर्नुहोस् भिडियो अन्तर्वार्ता