BIZMANDU
www.bizmandu.com

टाटा मोटर्सले इभी बजारमा उपस्थिति बढाउँदै, ‘मोस्ट अवेटेड’ तीन कार यही वर्ष बजारमा

२०८२ चैत्र २

टाटा मोटर्सले इभी बजारमा उपस्थिति बढाउँदै, ‘मोस्ट अवेटेड’ तीन कार यही वर्ष बजारमा
टाटा मोटर्सले इभी बजारमा उपस्थिति बढाउँदै, ‘मोस्ट अवेटेड’ तीन कार यही वर्ष बजारमा

काठमाडौं। भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो दबदबा राखेको टाटा मोटर्सले सन् २०२६ को अन्त्यसम्म थप तीन इभी सार्वजनिक गर्ने योजना बनाएको छ।

Tata
GBIME
Nepal Life

टाटा मोटर्सले बजारमा आफ्नो प्रभुत्व अझ बलियो बनाउन प्रिमियम र किफायती दुवै सेग्मेन्टमा नयाँ मोडलका यभी ल्याउन लागेको हो। टाटाका तीन बहुप्रतीक्षित इलेक्ट्रिक कारमा सियरा, अल्ट्रोज र अभिन्या छन्।

आधुनिक डिजाइन, हाइ-इन्ड प्रविधि र लामो दूरीको ड्राइभिङ रेन्जसहित सिएरा एसयूभीले प्रिमियम इलेक्ट्रिक सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

यस्तै लोकप्रिय ह्याचब्याक अल्ट्रोजको इलेक्ट्रिक संस्करण पनि कम्पनीको योजनामा छ। यो मोडल मुख्यतः मध्यम वर्गका ग्राहकलाई लक्षित गरी ल्याइने अनुमान गरिएको छ।

यसैगरी, टाटाको नयाँ जेनेरेसन इलेक्ट्रिक प्लेटफर्ममा आधारित अभिन्या अत्याधुनिक डिजाइन र प्रविधिसहित आउने बताइएको छ। यसलाई कम्पनीले प्रिमियम इलेक्ट्रिक सेग्मेन्टमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

कम्पनीसँग हाल टियागो, टिगोर, पन्च, नेक्सन, कर्भ र ह्यारियर जस्ता ६ वटा इलेक्ट्रिक मोडलको बलियो पोर्टफोलियो छ। टाटाले टियागो इभी पनि २०२६ मोडलको ल्याउने तयारी गरिरहेको छ।

टाटा मोटर्सका इभी नेपाली बजारमा पनि प्रतिस्पर्धामा छन्। कम्पनीले नेपालमा टियागो, पन्च, कर्भ र नेक्सन इभी बिक्री गर्दै आएको छ। यस्तै फ्लिटमा टाटाको एक्सप्रेस टी पनि नेपालमा ठूलो संख्यामा बिक्री भएको छ।