BIZMANDU
www.bizmandu.com

युवा पलायनले रित्ता पहाड र सामाजिक-आर्थिक असरको कथा लिएर आए तुलसी घिमिरे

२०८२ चैत्र २

युवा पलायनले रित्ता पहाड र सामाजिक-आर्थिक असरको कथा लिएर आए तुलसी घिमिरे
युवा पलायनले रित्ता पहाड र सामाजिक-आर्थिक असरको कथा लिएर आए तुलसी घिमिरे


काठमाडौं। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको विषयमा फिल्म आउँदैछ। तुलसी घिमिरेद्वारा निर्देशित यो फिल्म हो, ‘पहाड।’  

Vigo
GBIME
Tata

फिल्मको मूल कथा युवा पलायन हुँदा रित्तिँदै गएको नेपाली पहाडको पीडा छ।  गाउँ खाली हुँदै जानु, रोजगारीका लागि बसाइसराइ र त्यसले ल्याउने सामाजिक-आर्थिक असरलाई फिल्मले समेटेको छ।  

आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको उक्त फिल्मको आइतबार टिजर सार्वजनिक गर्दै निर्देशक घिमिरेले यो फिल्मको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताए। ‘पहाड एकदमै सुन्दर ठाउँ हो। तर, पछिल्लो समय युवा पलयान भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइ सरेका छन्,’ उनले भने, ‘हेर्दाहेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु।’

दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्ने विश्वास उनले व्यक्त गरे। भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’ मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरी लगायतका कलाकारको अभिनय छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई ‘पहाड’मार्फत सिनेमा क्षेत्रमा डेब्यु गराउँदै छन्।