BIZMANDU
www.bizmandu.com

पूर्वी नाका काँकरभिट्टाबाट ८ महिनामा भित्रिए छ हजार ७९१ पर्यटक, माघमा सबै भन्दा धेरै

२०८२ चैत्र २

पूर्वी नाका काँकरभिट्टाबाट ८ महिनामा भित्रिए छ हजार ७९१ पर्यटक, माघमा सबै भन्दा धेरै
पूर्वी नाका काँकडभिट्टा। तस्बिर : रासस


झापा। पूर्वी नाका काँकरभिट्टा हुँदै ८ महिनामा ६ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्।

Tata
GBIME

अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटान लगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन्।

उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा १ हजार ८५०, माघमा १ हजार ३९५ र फागुनमा १ हजार ५ जना पर्यटक भित्रिएको जानकारी दिए।

सोही अवधिमा अध्ययन लगायतका कामले विदेशमा रहेका ३ हजार १३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए। उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या ६ हजार ५५२ रहेको छ भने १ हजार ८४७ जना नेपाली समेत विदेश गएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट ८ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए। रासस