BIZMANDU
www.bizmandu.com

सेयर मार्केट एण्ड फाइनान्सका पूर्वअध्यक्ष श्रेष्ठ पक्राउ, अदालतले गरेको थियो कैद र जरिवाना

२०८२ चैत्र १

सेयर मार्केट एण्ड फाइनान्सका पूर्वअध्यक्ष श्रेष्ठ पक्राउ, अदालतले गरेको थियो कैद र जरिवाना
सेयर मार्केट एण्ड फाइनान्सका पूर्वअध्यक्ष श्रेष्ठ पक्राउ, अदालतले गरेको थियो कैद र जरिवाना

काठमाडौं। नेपाल सेयर मार्केट एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले आइतबार काठमाडौंको सितापाइलाबाट श्रेष्ठलाई पक्राउ गरेको व्युरोका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

GBIME
Tata

श्रेष्ठले शेयर मार्केटमा हुँदा गैरकानुनी रुपमा निक्षेपकर्तालाई हानी नोक्सानी पुर्‍याएकोमा बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो। बैंकिङ कसुर मुद्दामा श्रेष्ठलाई अदालतले २०८१ भदौ ५ गते २२ करोड ६७ लाख ४१ हजार ३ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो।

प्रहरीले श्रेष्ठलाइ आइतबार नै फैसला कार्यन्वयनको लागि अदालतमा पेस गरेको छ।