काठमाडौं। बाग्मती-निजगढ-पथलैया सडक विस्तार योजनामा परामर्शदाताको सेवा उपलब्ध गराउन ८ वटा कम्पनी सर्टलिस्ट भएका छन्।
नेपाली कम्पनीसँग मिलेर भारत, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, अमेरिका र इटालीका कम्पनीले आवेदन दिएका छन्।
आर्थिक रुपमा कम पैसा कबोल गर्ने कम्पनी परामर्शदाताका रुपमा छनोट हुनेछ।
भारतीय कम्पनी कन्सल्टिङ इन्जिनियर्स ग्रुपले कोरियन कम्पनी डोङसुङ इन्जिनियरिङ कम्पनी र बीडीए नेपाल प्रालिसँग मिलेर आवेदन दिएको छ।
नेपाली कम्पनी सोयल टेस्टले डसान कन्सल्ट्यान्ट्स, रिसोर्स डेभलपमेन्ट कन्सल्ट्यान्ट्स र सियोङ इन्जिनियरिङसँग जेभीका रुपमा आवेदन दिएको छ।
इन्टरकन्टिनेन्टल कन्सल्ट्यान्ट्स र टक्नोक्रयाट्स, आईटेको नेपाल र इन्फ्रा कन्सल्ट्स प्रालि इन्डियाले पनि जेभी बनेर आवेदन हालेका छन्।
आईआरडी इन्जिनियरिङ एसआरएल इटालीले उदय कन्सल्ट्यान्सी नेपाल, एलईएफ एसोसिएट्स साउथ एसियाले जिओकम इन्टरनेशनल तथा एमएसभी इन्टरनेसनल इंक, कुनहा इन्जिनियरिङ एण्ड कन्सल्टिङ र ड्रिम जियो ल्याब जेभीको आवेदन परेको छ।
रेनार्डेट एस ए, केसीलेङ, टेक स्टुडिओ अफ इन्जिनियरिङ, टोटल म्यानेजमेन्ट सर्भिस र होमल्यान्ड इन्जिनियरिङ कन्सल्ट्यान्सी जेभीको आवेदन परेको छ।
यस्तै सुसङ इन्जिनियरिङ, कोरिया इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कर्प, डोङ २ इन्जिनिरिङ कन्सल्ट्यान्ट्स र बीएन कन्सल्टिङ जेभीले पनि परामर्शदाताका रुपमा काम गर्न चाहेका छन्।