काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा पठाउने ४ जना सांसद छानेको छ।
आइतबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको तर्फबाट समानुपातिकमा पठाउने ४ जनाको सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो।
राप्रपाले खसआर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले प्रत्यक्षमा एक सिट जितेको थियो भने समानुपातिकतर्फ ४ सिट सुरक्षित गरेको थियो।