BIZMANDU
www.bizmandu.com

राजस्व अनुसन्धानका पूर्वहाकिम झलकरामले ७० लाख झ्वाम पारेको खुलासा, भ्रष्टाचार मुद्दा दायर

२०८२ चैत्र १

राजस्व अनुसन्धानका पूर्वहाकिम झलकरामले ७० लाख झ्वाम पारेको खुलासा, भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धानका पूर्वहाकिम झलकरामले ७० लाख झ्वाम पारेको खुलासा, भ्रष्टाचार मुद्दा दायर


काठमाडौं। राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट सम्बन्धी मुद्दा मिलाइदिने भन्दै ७० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आइतबार विभागका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अधिकारीले एचके इन्टरप्राइजेजलाई राजस्व चुहावट सम्बन्धी कसुरबाट जोगाउन त्यसका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट घुस लिएका थिए।

अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी र रविन्द्र लामिछानेसँगको मिलेमतोमा उनीहरुको बैंक खातामा घुस रकम जम्मा गराउन लगाइ भक्तपुरको थिमी नगरपालिका स्थित दिव्यश्वरी आयोजना भित्र ५ आना जग्गा किनेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारले अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारणको मुद्दा पनि दायर गरेको छ।

अधिकारी २०७९ असार १ देखि कात्तिक १६ गतेसम्म विभागको महानिर्देशक थिए। अधिकारी अध्यागमन विभागको महानिर्देशक रहँदा २०८० साउनमा भएको ६० किलो सुन तस्करी प्रकरणमा पनि जोडिएका थिए। सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँग अधिकारीको सम्पर्क देखिएको थियो।