BIZMANDU
www.bizmandu.com

सेयर बजार ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा, १४ अर्ब ३२ करोडको कारोबार

२०८२ चैत्र १

सेयर बजार ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा, १४ अर्ब ३२ करोडको कारोबार
सेयर बजार ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा, १४ अर्ब ३२ करोडको कारोबार


काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक आइतबार ४.४५ अंक उकालो लागेर २८२४.९० विन्दुमा पुगेको हो।

Tata
GBIME

कारोबारमा आएका होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार बढाएका छन्।

ट्रेडिङको सूचक सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ। बजारमा १२४ कम्पनीको मूल्य बढेको छ। सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

१३० कम्पनीको सेयर मूल्य घटेको छ। दरम खोला हाइड्रो इनर्जीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

ग्रिन लाइफ हाइड्रोपावरको सबैभन्दा धेरै ८१ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावरको ६७ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।