BIZMANDU
www.bizmandu.com

जय नेपाल हल नजिकैबाट साढे १० लाख रुपैयाँ बोकेर हिँडेका दुई युवक प्रहरीको नियन्त्रणमा

२०८२ चैत्र १

जय नेपाल हल नजिकैबाट साढे १० लाख रुपैयाँ बोकेर हिँडेका दुई युवक प्रहरीको नियन्त्रणमा
जय नेपाल हल नजिकैबाट साढे १० लाख रुपैयाँ बोकेर हिँडेका दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं। प्रहरीले स्रोत नखुलेको रकमसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।

GBIME
Tata

पक्राउ पर्नेहरूमा काठमाडौंको कपन बस्ने रामेछापको खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ हुन्।

काठमाडौं महानगरपालिका-१ स्थित जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार ८ सय ४० रूपैयाँसहित उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२-०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूको साथबाट नगद फेला पारेको हो।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

गत माघदेखि सरकारले ५ लाख रुपैयाँभन्दा बढी रकम बैंकिङ च्यानलबाट गर्न भनेको छ।