BIZMANDU
www.bizmandu.com

सानिगाड हाइड्रोले चैत ८ गते आइपीओ जारी गर्दै, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारलाई

२०८२ चैत्र १

सानिगाड हाइड्रोले चैत ८ गते आइपीओ जारी गर्दै, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारलाई
सानिगाड हाइड्रोले चैत ८ गते आइपीओ जारी गर्दै, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारलाई

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चैत २८ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई सेयर बिक्री गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

हाइड्रोले स्थानीयलाई २८ करोड ५० लाख रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरमा २८ लाख ५० हजार कित्ता सेयर छुट्याएको छ।

अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका ४ वडा नम्बर २ र वडा नम्बर १ का स्थानीयलाई १८ करोड ५२ लाख ५०० रुपैयाँ बराबरको १८ लाख ५२ हजार ५०० कित्ता सेयर छुट्याएको छ। यस्तै, आयोजना प्रभावित क्षेत्र बुंगल नगरपालिका ३,५,६,७,८,९, १०, र ११ वडाका स्थानीयलाई ९ करोड ९७ लाख ५०० हजार रुपैयाँ बराबरको ९ लाख ९७ हजार ५०० कित्ता सेयर छुट्याएको छ।

स्थानीयले १० देखि २० हजार कित्ता सेयरका लागि चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस्तै, वैदेशिक रोजगारीमा गएकालाई हाइड्रोले ५ लाख ७० हजार कित्ता सेयर छुट्याएको छ। वैदेशिक रोजगारले आइपीओमा चैत ११ गतेदेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन्।

स्थानीय र वैदेशिक रोजगारलाई निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

सानिगाडले संचालन गरेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।

गत पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ८.६५ र प्रति सेयर नेटवर्थ ११३.२२ रुपैयाँ छ। यस अवधिसम्म कम्पनी २६ करोड ३७ लाख रुपैयाँ संचित नाफामा रहेको विवरणपत्रमा उल्लेख छ।

कम्पनीको अध्यक्ष नेपाली कांग्रेसका नेता व्यवसायी उमेश श्रेष्ठ हुन्। कम्पनीमा उनको ८ लाख ९७ हजार कित्ता सेयर छ।