BIZMANDU
www.bizmandu.com

स्काइडाइभिङ लगायत मनोरञ्जनात्मक उड्डयन गतिविधि संचालन गर्न आरएओसी अनिवार्य

२०८२ फागुन २९

स्काइडाइभिङ लगायत मनोरञ्जनात्मक उड्डयन गतिविधि संचालन गर्न आरएओसी अनिवार्य
स्काइडाइभिङ लगायत मनोरञ्जनात्मक उड्डयन गतिविधि संचालन गर्न आरएओसी अनिवार्य

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनोरञ्जनात्म उड्डयन गतिविधि संचालन गर्न मनोरञ्जनात्मक उड्डयन संचालन प्रमाणपत्र (आरएओसी) लिनुपर्ने व्यवस्था गरेको छ।

Tata
GBIME

क्यानले सूचना जारी गर्दै मनोरञ्जनात्मक उड्डयन गतिविधि संचालन गर्न अनिवार्य आरएओसी लिनु पर्ने व्यवस्था जारी गरेको हो।

स्काइडाइभिङ, हेली-स्किङ र प्यारासेलिङ लगायत मनोरञ्जनात्मक गतिविधिहरू गर्न/गराउन संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयबाट इजाजत लिई क्यानबाट आरएओसी लिनुपर्ने भनिएको छ।