BIZMANDU
www.bizmandu.com

चुनावपछि खपत घटेकाले अण्डाको मूल्य सस्तियो, क्रेटमा ४० रुपैयाँसम्म घट्यो

२०८२ फागुन २९

चुनावपछि खपत घटेकाले अण्डाको मूल्य सस्तियो, क्रेटमा ४० रुपैयाँसम्म घट्यो
चुनावपछि खपत घटेकाले अण्डाको मूल्य सस्तियो, क्रेटमा ४० रुपैयाँसम्म घट्यो


काठमाडौं । चुनाव अघि बढेको अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि बजारमा लागु हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ।

GBIME
Tata

अण्डाको मूल्य क्रेटमा ४० रुपैयाँसम्म घटेको छ। संघले तोकेको नयाँ मूल्य अनुसार एक्स एल अण्डा क्रेटमा ४० रुपैयाँ घटेर क्रेटको ४५५ रुपैयाँमा आइपुगेको छ।

ठुलो अण्डा क्रेटमा ३५ रुपैयाँ घटेर ४४० रुपैयाँ र मिडियम अण्डा क्रेटमा ३५ रुपैयाँ घटेर प्रति क्रेट ४१० रुपैयाँ आइपुगेको छ।
यस अघि अण्डाको एक्स एल अण्डाको मूल्य क्रेटमा ४९५ रुपैयाँ थियो। ठुलो अण्डा प्रतिक्रेट ४७५ रुपैयाँ र मिडियम अण्डा ४४५ रुपैयाँ थियो।

चुनाव पछि अण्डा खपत कम हुँदा भाउ घटेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ। चुनावअघि खपत बढ्दा दैनिक उत्पादन अपुग हुँदा भाउ बढेको थियो।

हाल दैनिक ५० लाख गोटा भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। संघले काठमाडौं, धनगढी, नेपालगंज, दाङ, पोखरा बागलुङ, झापा, मोरङ र सुनसरीको वस्तुगत अवस्था अनुसार भाउ घटाएर तोकेको बताएको छ।