BIZMANDU
www.bizmandu.com

सेबोनका कर्मचारी फेरि विरोध प्रदर्शनमा, अध्यक्षले माग सम्बोधनमा बेवास्ता गरेको भन्दै उत्रिए धर्नामा

२०८२ फागुन २८

सेबोनका कर्मचारी फेरि विरोध प्रदर्शनमा, अध्यक्षले माग सम्बोधनमा बेवास्ता गरेको भन्दै उत्रिए धर्नामा
सेबोनका कर्मचारी फेरि विरोध प्रदर्शनमा, अध्यक्षले माग सम्बोधनमा बेवास्ता गरेको भन्दै उत्रिए धर्नामा

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारी फेरी विरोधमा उत्रिएका छन्। अध्यक्ष सन्तोषनारायण श्रेष्ठले माग पूरा गर्न कुनै चासो नदेखाएको भन्दै कर्मचारी बिहीबारदेखि धर्नामा उत्रिएका हुन्।

Vigo
GBIME
Tata

बिहान १० बजेदेखि ११ बजेसम्म काम रोकेर धर्ना बस्न थालेको सेबोन कर्मचारी युनियनले जनाएको छ।

अर्थ मन्त्रालयले गत भदौ ३१ गते सेवा सुविधा कटौती गर्न निर्देशन दिएपछि सेबोनका कर्मचारी काम रोकेर विरोधमा उत्रिएका थिए। त्यसपछि अर्थ मन्त्रालयकै पहलमा सहमति भएको भनिए पनि कर्मचारीले माग सम्बोधन नभएको बताएका छन्।