BIZMANDU
www.bizmandu.com

चेक बाउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ : गभर्नर पौडेल

२०८२ फागुन २८

चेक बाउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ : गभर्नर पौडेल
चेक बाउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ : गभर्नर पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा राख्ने प्रावधानबारे अध्ययन गरिरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार वीरगंजमा आयोजित कार्यक्रममा कालोसूचीमा राख्ने प्रावधानबारे राष्ट्र बैंकले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन्।

‘कालोसूचीमा राख्नुपर्ने कति हुन्? कालोसूचीमा राख्नु नपर्ने कति हुन् भन्ने विषयमा हामीले हेरिराखेका छौं। चेक बाउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ। हामी कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने भन्नेमा छौं।’

गर्भनर पौडेलले धेरै कडाइ गरेर वा उद्योगी व्यापारीलाई थुनेर व्यापार/व्यवसाय नचल्ने बताए। ‘व्यवसाय गर्नेलाई एक पटक गल्ती गर्दैमा दुःख दिन हुँदैन। व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ ध्यान दिन जरुरी छ। व्यवसायीलाई प्रोत्साहन आवश्यक छ,’ उनले भने।