काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि करिब एक महिनाका लागि निर्वाचन प्रहरी (म्यादी) को नियुक्ती पाएकाहरु घर फर्किन थालेका छन्।
उनीहरुको नियुक्त अवधि सकिएसँगै उनीहरु कार्यरत स्थानबाट उनीहरुलाई बिदाइ गरिँदैछ।
आज काठमाडौंको बौद्धमा निर्वाचन प्रहरीको एक समूहलाई प्रमाणपत्र दिएर बिदाइ गरिएको छ। देशभर करिब सवा १ लाख बढी म्यादी प्रहरी नियुक्त भएका थिए।









