BIZMANDU
www.bizmandu.com

यातायात कार्यालय एकान्तकुनामा ७ महिनामा चार पाङ्ग्रे सवारी १४ हजार दर्ता, इभीको हिस्सा ४५%

२०८२ फागुन २८

यातायात कार्यालय एकान्तकुनामा ७ महिनामा चार पाङ्ग्रे सवारी १४ हजार दर्ता, इभीको हिस्सा ४५%
यातायात कार्यालय एकान्तकुनामा ७ महिनामा चार पाङ्ग्रे सवारी १४ हजार दर्ता, इभीको हिस्सा ४५%

काठमाडौं। चालु आर्थिक वर्ष ७ महिनामा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा १४ हजार भन्दा बढी सवारीसाधन दर्ता भएका छन्।

Tata
GBIME
Nepal Life

कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म १४ हजार २१८ युनिट सवारीसाधन दर्ता भएका हुन्। यसमा विद्युतीय सवारीसाधनको हिस्सा ४५ प्रतिशत छ। कार्यालयमा ६ हजार ३९४ युनिट विद्युतीय चार पाङ्ग्रे कार, जीप र भ्यान दर्ता भएका हुन्।

इन्धन चार पाङ्ग्रे कार, जीप र भ्यान ५ हजार ३३८ युनिट दर्ता भएको कार्यालयले जनाएको छ।

यस्तै बस ७४६ युनिट, मिनिबस/मिनिट्रक ३७६ युनिट, ट्रक/टिपर/ट्यांकर/कन्टेनर ७६८ युनिट, क्रेन/डोजर/एस्काभेटर/लोडर ५७२ युनिट र माइक्रो २४ युनिट दर्ता भएका छन्।

कार्यालयले साउनमा १०३६ युनिट, भदौमा १८४८ युनिट, असोजमा ३०९७ युनिट, कात्तिकमा १५७६ युनिट, मंसिरमा १४०३ युनिट, पुसमा २२३९ युनिट र माघमा २०१९ युटिन दर्ता भएको जनाएको छ।