काठमाडौं । बजारमा ग्यासको अभाव हुने हल्लाले सर्वसाधारणहरु सिलिन्डर जोहोमा लागेका छन्। खाडी संकटका कारण ग्यासको आपूर्ति बिग्रन सक्ने भन्दै बजारमा ग्यास केही वितरकहरुले ग्यास भरिएको सिलिन्डर बिक्री गरिरहेका छैनन्।
नेपाल आयल निगमले ग्यासको अभाव नभए पनि खपत कम गर्न ग्राहकसँग आग्रह गरेको छ। तर पनि आगामी दिनमा ग्यास नपाइने हल्लाले बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनेको लाइन लागेको छ।













