BIZMANDU
www.bizmandu.com

पर्वतारोहण क्षेत्रमा फेक रेस्क्यू प्रकरणमा पानोरमा हिमालय ट्रेकिङका पासाङ शेर्पा पक्राउ

२०८२ फागुन २७

पर्वतारोहण क्षेत्रमा फेक रेस्क्यू प्रकरणमा पानोरमा हिमालय ट्रेकिङका पासाङ शेर्पा पक्राउ
पर्वतारोहण क्षेत्रमा फेक रेस्क्यू प्रकरणमा पानोरमा हिमालय ट्रेकिङका पासाङ शेर्पा पक्राउ

काठमाडौं। पर्वतारोहण/ट्रेकिङ क्षेत्रमा भएको फेक रेस्क्यू प्रकरणमा थप १ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसनका पासाङ शेर्पालाई पक्राउ गरेको छ।

GBIME
Tata

यो प्रकरणमा प्रहरीले हालसम्म कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपालस्थित एजेन्ट तथा हेलिकप्टर कम्पनीका सञ्चालकसहित १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ।

दुई जना विदेशी नागरिकले सन् २०२५ मा सगरमाथा बेसक्याम्प ट्रेकिङ गर्ने क्रममा गाइड तथा ट्रेकिङ कम्पनी सञ्चालकले आफ्नो स्वीकृतिविना हेलिकोप्टर माग गरी काठमाडौंमा ल्याई अस्पतालमा भर्ना गराएको तथा स्वास्थ्य बीमा दाबी गरेको भनी दिएको उजुरीका आधारमा सीआइबीले अनुसन्धान अघि बढाएको हो।