BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंक हरित बैंकिङ प्रवर्धनमा, फेवाताल किनारमा सामूहिक पदयात्रा

२०८२ फागुन २७

महालक्ष्मी विकास बैंक हरित बैंकिङ प्रवर्धनमा, फेवाताल किनारमा सामूहिक पदयात्रा
महालक्ष्मी विकास बैंक हरित बैंकिङ प्रवर्धनमा, फेवाताल किनारमा सामूहिक पदयात्रा

काठमाडौं। महालक्ष्मी विकास बैंकले दिगो बैकिङ प्रवर्धनका लागि भन्दै पोखरामा पदयात्रा गरेको छ। बैंकले वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशालापछि फेवाताल किनारमा पदयात्रा गरेको हो।

Tata
GBIME

वातावरण र सम्पदा संरक्षणप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा गरेको बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

पदयात्राअघि फागुन २४ र २५ गते भएको कार्यशालामा हरित बैकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि जोड दिइएको थियो।