BIZMANDU
www.bizmandu.com

सेयर बजारमा घट्यो चुनावी परिणामको उत्साह, नेप्से ४६.७८ अंक घट्दै २७९६.५७ विन्दुमा

२०८२ फागुन २७

सेयर बजारमा घट्यो चुनावी परिणामको उत्साह, नेप्से ४६.७८ अंक घट्दै २७९६.५७ विन्दुमा
सेयर बजारमा घट्यो चुनावी परिणामको उत्साह, नेप्से ४६.७८ अंक घट्दै २७९६.५७ विन्दुमा

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामपछि हौसिएका लगानीकर्ता बिस्तारै सुस्त बन्दा बजारमा गिरावट आएको हो।

Tata
GBIME
Nepal Life

नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। बुधबार परिसूचक ४६.७८ अंक ओरालो लागेर २७९६.५७ विन्दुमा आएको छ। कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै उपसमूह घट्दा बजार ओह्रालो लागेको हो।

बजार परिसूचक यसअघि मंगलबार ३२.०८ अंकले घटेको थियो। सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेर १६३ अंक बढेको बजार फेरि लगातार दोस्रो दिन सुस्ताएको हो।

मंगलबार २१ अर्ब रुपैयाँको सेयर किनबेच भएकामा बुधबार १३ अर्ब १८ करोड रुपैयाँमा सेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको सबैभन्दा धेरै ८५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै,आँखु खोला जलविद्युत कम्पनीको सेयर ५१ करोड २९ लाख रुपैयाँ बराबरको किनबेच भएको छ।

बजार घटे पनि ३४ कम्पनीको सेयर मूल्य बढेको छ। सालपा विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

२२५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रह्यो। कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशत घटेको छ।