काठमाडौं । तीनवटा ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारबाहीमा गरेको छ। सेबोनले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून उल्लंघन गरेको भन्दै तीनवटा ब्रोकरलाई आर्थिक जरिवाना गराएको हो।
सेबोनले सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्यूरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०/३० लाख रुपैयाँ जरिवाना तिराएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐनमा ग्राहकको पहिचान गर्दा सही तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने व्यवस्था छ।
तर, ब्रोकर कम्पनीले ग्राहकको खाता खोल्दा सो कुरा उल्लंघन गरेको पाइएको भन्दै सेबोनले जरिवानासहित कारबाही गरेको छ।