BIZMANDU
www.bizmandu.com

सेयर बजारमा साढे २१ अर्बको कारोबार, बिक्री चापले नेप्से ३२.०८ अंकले घट्यो

२०८२ फागुन २६

सेयर बजारमा साढे २१ अर्बको कारोबार, बिक्री चापले नेप्से ३२.०८ अंकले घट्यो
सेयर बजारमा साढे २१ अर्बको कारोबार, बिक्री चापले नेप्से ३२.०८ अंकले घट्यो

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणापछि सोमबार खुलेको सेयर बजारमा तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेकामा दोस्रो दिन भने घटेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार कारोबार खुलेदेखि उतारचढाव देखिएको बजार ३२.०८ अंकले घटेर २८४३.३५ विन्दु कायम भएको छ। सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले बहुमतको सरकार बनाउने मत परिणाम आएपछि त्यसको प्रभाव सोमबारको सेयर बजारमा देखिएकामा मंगलबार सेलिङ प्रेसर देखिएको छ।

मंगलबार सूचक घटे पनि कारोबार रकम भने बढेको छ। बजारमा मंगलबार ७ महिनायताकै उच्च कारोबार भएको हो।

बजारमा २१ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो रकम गत साउन ११ यताकै सर्वाधिक हो। साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

ङादी ग्रुप पावरको सबैभन्दा धेरै १ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ६९ करोड ६४ लाख र अपी पावरको ६१ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। मंगलबार जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी बाहेकले बजार घटाएका हुन्।

फाइनान्सको सूचक सबैभन्दा धेरै २.०६ प्रतिशत घटेको छ। १८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घटेको छ।

७८ कम्पनीको मूल्य बढेको छ। बजारमा रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।