काठमाडौं। सुनको मूल्य बढेर प्रति तोला ३ लाख १७ हजार रुपैयाँ पुगेको छ। सुनको भाउ मंगलबार तोलामा ३ हजार ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य सोमबार तोलामा ३ हजार ७०० रुपैयाँ घटेर ३ लाख १३ हजार २०० रुपैयाँका दरले किनबेच भएको भएको थियो।
चाँदीको भाउ पनि मंगलबार तोलामा ३१० रुपैयाँ बढेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रति तोला ५ हजार ७२० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य सोमबार तोलामा ६५ रुपैयाँ घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर मंगलबार प्रति औंस ५१६८.८५ डलर र चाँदीको भाउ प्रति औंस ८८.५९ डलर पुगेको छ। सुनको भाउ सोमबार प्रति औंस ५०५९.५२ डलर र चाँदीको मूल्य प्रति औंस ८३.२६ डलर थियो।