BIZMANDU
www.bizmandu.com

चुनाव सकिए लगत्तै कालीमाटीमा भित्रिँदै ठूलो परिमाणमा तरकारी, खपत बढेसँगै भाउ बढ्ने अनुमान

२०८२ फागुन २६

चुनाव सकिए लगत्तै कालीमाटीमा भित्रिँदै ठूलो परिमाणमा तरकारी, खपत बढेसँगै भाउ बढ्ने अनुमान
चुनाव सकिए लगत्तै कालीमाटीमा भित्रिँदै ठूलो परिमाणमा तरकारी, खपत बढेसँगै भाउ बढ्ने अनुमान


काठमाडौं । प्रतिनिधिसभा चुनावका कारण गएको साता खपत कम हुँदा उपत्यकामा हरियो तरकारीको भाउ सस्तिएको थियो। खपत कम हुँदा घटेको भाउ अब बिस्तारै भाउ बढ्ने अनुमान कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीको छ।

Tata
GBIME

चुनावले गर्दा गत मंगलबार देखि उपत्यकामा भित्रिने तरकारीको परिमाण घट्दै गएको थियो। चुनाव सकिएको भोलिपल्टबाटै दैनिक ४ लाख केजी भन्दा बढी तरकारी भित्रिएको छ।

चुनावले गर्दा गत मंगलबार देखि उपत्यकामा भित्रिने तरकारीको परिमाण घट्दै गएको थियो। चुनाव सकिएको भोलिपल्टबाटै दैनिक ४ लाख केजी भन्दा बढी तरकारी भित्रिएको छ।

शनिबार करिब ७ लाख ४८ हजार केजी भन्दा बढी र आइतबार ५ लाख केजी भन्दा बढी तरकारी भित्रिएको छ। सामान्य समयमा कालिमाटी बजारमा दैनिक साढे ७ लाख केजी भन्दा बढी तरकारी भित्रिने गरेको छ।

कालीमाटी तरकारी बजारका अनुसार चुनावका क्रममा उपत्यकामा खपत कम हुँदा हरियो तरकारीको भाउ ५० प्रतिशतभन्दा बढी घटेको थियो। चुनावले गर्दा करिब १० लाख भन्दा बढी उपभोक्ताहरु उपत्यका बाहिर गएका थिए। चुनावको दिन करिब डेढ लाख केजी र अघिल्लो दिन करिब ३० हजार केजी तरकारी भित्रिएको थियो। माग भन्दा बढी तरकारी भएपछि भाउ घटको हो।

उपत्यकामा खपत कम भएपछि भाउ एक महिना यताकै सस्तो भएको कालीमाटी तरकारी बजारका व्यापारी भगवान चन्द्र उप्रेतीले बताए।

‘तरकारीको आपूर्ति बढ्दै गयो तर बजारमा खपत थिएन। त्यसैले अधिकाशं तरकारीको भाउ घटेको थियो,’ उनले भने।

निर्वाचनको समयदेखि नै कालीमाटीमा अहिले स्वदेशी उत्पादन प्रशस्त आएको छ। भारतबाट प्याज, कागती ,भिण्डी करेला गोलभेडा लगायतका तरकारी आयात भइरहेका छन्। यसबाहेक धेरै उत्पादन स्वदेशी रहेका छन्। अहिले विभिन्न ठाउँमा खेती गरेको काउली, फर्सी, आलु ,बन्दाहरु बजारमा धेरै आइरहेका छन्। बिहे र अन्य कार्यक्रम नभएकोले यतिबेला खपत कम भएको व्यवसायी बताउँछन्।

‘चुनावका लागि बाहिर गएका उपभोक्ताहरु सबै नफर्किएकोले तरकारीको खपत बढ्न सकेको छैन। बजारमा माग भन्दा बढी तरकारी आपूर्ति हुँदा भाउ सस्तो हुँदै गएको हो । अब खपत बढ्दै जाने हुनाले भाउ पनि उकालो लाग्नेछ,’ उनले भने।

उनका अनुसार चुनावको समयमा पनि तरकारीको ढुवानीलाई रोक नभएकोले विभिन्न जिल्लाबाट उपत्यका भित्रिएको थियो। चुनाव पछि कालिमाटी बजारमा ठुलो परिमाणमा तरकारी आइरहेको उनले जानकारी दिए।