BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईलाई प्रदेश अधिवेशन गर्ने बाटो खुला, हट्यो निर्वाचन आचारसंहिताको लगाम

२०८२ फागुन २५

एफएनसीसीआईलाई प्रदेश अधिवेशन गर्ने बाटो खुला, हट्यो निर्वाचन आचारसंहिताको लगाम
एफएनसीसीआईलाई प्रदेश अधिवेशन गर्ने बाटो खुला, हट्यो निर्वाचन आचारसंहिताको लगाम

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)लाई प्रदेश अधिवेशन गरी नयाँ नेतृत्व चयनको बाटो खुलेको छ।

Vigo
GBIME
Tata

निर्वाचन आचारसंहिता सोमबार रातिबाट निष्क्रिय हुने भएसँगै महासंघलाई आफ्ना प्रदेश कार्यसमितिहरुमा नयाँ नेतृत्व चयनको बाटो खुलेको हो।

आयोगले आचारसंहिता सोमबार रातिबाट लागू नहुने बताएको छ।

फागुन २१ गतेको चुनावका लागि आयोगले माघ ४ गते आचारसंहिता लागू गरेपछि महासंघका सातवटै प्रदेशको अधिवेशन रोकिएको थियो।

प्रदेशको अधिवेशनपछि चैत अन्तिम साता महासंघको ६०औं साधारण सभा हुनेछ। साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।